काठमाडौं - प्रहरीले‘ नो केबलकार समूह’का प्रदीप मादेनलाई पक्राउ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको आरोपमा मादेनलाई मंगलबार बिहान पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए।
पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्द आह्वानको अगुवा गरेका मादेनलाई प्रहरीले सदरमुकाम फुङलिङको कोप्चेबाट पक्राउ गरेको हो।
पाथीभरामा भएको झडपमा मादेनले आन्दोलनकारीको नेतृत्व गरेको प्रहरीको आरोप छ।उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ ।
सोमबार पाथिभरा क्षेत्रको बलुडाँडामा केबलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो । त्यसबखत प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारी घाइते भएका थिए ।
केबलकारको विपक्षमा रहेको पहिचान पक्षधरले आजदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालिन बन्द घोषणा गरेको छ । बन्दका कारण यातायात प्रभावित बन्न पुगेको छ ।


0 comment