काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं. ११ को आयोजनामा माटो र आमाको स्वास्थ्य सुधार अभियान, ‘हाम्रो शहर सुन्य फोहर, भान्सा नै औषधालय’ का प्रवर्तक रामलाल गिरीले संचालन गर्नु भएको छ । उक्त कार्यक्रम २०८१ पौष १७ गतेदेखि पौष २३ गतेसम्म सामुदायिक भवन बबरमहलमा संचालन भईरहेको छ । 

५३ जना वडावासीको उपस्थितिरहेको उक्त कार्यक्रमबाट धेरै दिदीवहिनीले प्रांगरिक मल बनाउने विधिका साथै बोट विरुवालाई कसरी स्वास्थ्य राख्न सकिन्छ भन्ने पनि थाहा भएको जानकारी दिनुभयो । 

कामनपा वडा ११ को महिला वडा सदस्यको आशा श्रेष्ठको नेतृत्वमा उक्त कार्यक्रम सफल भएको हो । कार्यक्रममा बोल्दै श्रेष्ठले भन्नु भयो, – ‘हामी महिलाहरुलाई भान्साकै प्रमुख जिम्मेबारी रहेपनि धेरै कुरा हामीलाई नै थाहा थिएन । फोहर भन्ने कुरा केही रहेनछ, हामीले फोहर मन्ने रहेछौ ।
कार्यक्रममा वडा अध्यक्ष, सदस्यहरु तथा अतिथिहरुको पनि उपस्थितिरहेको थियो भने ‘भान्सा नै औषधालय’ का संरक्षक समेत रहेका रामशरण पाण्डेले कार्यक्रममा आफ्नो विचार राख्नु भएको थियो ।