काठमाडौं - हिमाली जिल्ला हुम्लामा हिउँ परिरहेको छ ।

हुम्ला सदरमुकाम सिमकोटमा बिहान ६ बजेदेखि नै हिमपात भइरहेको बताईएको छ । 

सदमरमुकाम सिमकोटमा एक फिट जति हिउँ जमेको छ भने तापक्रम माइनस ७ डिग्री पुगेको छ । बाक्लो हिमपात परेकोले जनजीवन प्रभावित बनेको छ ।

तरपनि हुम्ली किसानहरू हिउँ परेपछि खुसी भएका छन् । 

हिउँ पर्न थालेपछि खेतबारीमा लगाएको बाली राम्रो हुने भएकोले उनीहरु खुसी भएका हुन् । हिउँ परेपछि जाडोले दिनचर्या गाह्रो भएपनि हुम्लीहरुमा खुशी पनि संगसगै आउने गर्दछ । 

हुम्लाको नाम्खा गाउँपालिकाको लिमीका जाङ, याल्वाङ, हल्जी, मुचु, तुम्कोट, तिल, याङगार, चाला, केर्मी लगायतका ठाउॅहरुमा ३ फिटसम्म हिउँ जमेको छ ।

हिमपातसँगै कतिपय ठाउँमा भने आवतजावत नै बन्द भएको छ ।