क्याप्टेन डमबहादुर गर्बुजा पुन
नेपालको हरियाली वातावरणले जहिले पनि नेपालीहरुलाई पर्यटन उद्योगमा लाग्न प्रेरणा दिईरहेको छ । मलाइ पनि यसले छोयो । विदेशमा बस्दा मात्र नेपालको मह्त्व बुझिन्छ । मैले भारतीय सरकारी सेवामा रहदा पनि नेपाललाई कहिल्यै विर्सिन सकिएन । आफू जन्मिएर हुर्किएको थलो विदेशी भूमि भन्दा ठूलो स्वर्ग भएकाले मैले जहिले पनि कल्पना गर्ने गर्थ र विश्वका मानिस नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र यहाँको रहनसहनसगँ अति नै लोभिने गरेका छन् । यसलाई हामीले उद्योगको रुपमा विकास गरेर विदेशी मुद्रा भित्र्याउने आधार बनाउन पर्छ । यसको सन्देश सारा नेपालीहरुमा पुग्न सकोस् भनेर पनि मैले पर्यटनलाई आफनो व्यवसाय बनाएको हुँ ।
यो अति नै न्युन रुपमा भएको छ जस्तो लागी रहेको छ मलाई किन भने नेपालमा अरु कुनै उद्योगको आवश्यकता पदैन यदि पर्यटन उद्योग मात्रै बढाएर लैजाने हो भने नेपाल सरकारले पर्यटन लगानी गर्न लगानीकर्तालाई प्रोसाहित गर्नुपर्दछ । नेपालको पर्यटक संरचनाहरुको अन्तराष्ट्रिय स्तरमा व्यापक प्रचारप्रसार गर्नुपर्छ अनि लगानी सुरक्षित बनाउने नीति र विधि लागु गराउनुपर्दछ । यति भयो भने देशमा लगानी जति चाहिएको पनि भित्रिने सम्भावना रहेको छ । ट्रेनिङ रुटहरुमा मोटर बाटो निर्माण गरिनु र मोटर पुयाउनु निश्चिय नै त्यस क्षेत्रको दुर्भाग्य हो भन्छु म त । अन्नपूर्ण क्षेत्रको टेनिङ रुटहरुमा मोटर बाटाको नाममा झिझाह्रु ल्याएका छन् । यसको न सुगम बनेको छ नत दुर्गम नै रहन दिएको छ । झन विथोलिएको छ यस क्षेत्रको विकासको नामा बनाएका यस्ता नाम मात्रका मोटर बाटाहरु हाम्रा लागी अभिशाप बन्दै गईरहेका छन् । अहिले यस क्षेत्रमा आउने ट्रेनिङ पद यात्रीहरुको संख्या तुलनात्मक रुपमा घटेको छ । यो तथ्याङको तुलना गर्न अहिलेसम्म मोटर बाटो नलिएको एभेरेष्ट क्षेत्रको तथ्याकं हेरे पुग्छ । त्यता पदयात्रीहरु बढ्दै गउका छन् । यता त्यही अनुपातमा घट्दै गईरहेका छन् ।
हामीलाई सुरुमा पर्यटन व्यवासाय गर्न केही सिप र ज्ञान चाहिँ एक्यापले दिएको हो । अहिले यस्तो छैन । एक्यापले पर्यटन विकासको नाममा आफैँले कमाउने धन्दा गरिहेको सुन्नमा आएको छ । एक्यापले यस क्षेत्रको पदयात्रीहरुबाट जुन उद्ेश्यका लागी भनेर चार्ज लगाउछ त्यसको उदेश्य अनुरुप काम नगरेको विषयमा व्यापक चर्चा परिचर्चाँ हुने गरेका छन् । यस क्ष्ोत्रका वन्यजन्तु संख्या दिनानु दिन घट्दै गएको छ । पदमार्ग विस्तार एवम् विकास गर्न भनेको छ । हामी यस क्षेत्रमा आउने पर्यटनहरुको सेवामा संग्लन छौँ । आफनो व्यवसाय विकासलाइ प्राथमिकता दिनुपरेको छ ।सुचना प्रविधिको विकास हुर्दै गएपछि यसको आधारमा पर्यटकहरु यस क्षेत्रमा आउदा विना पर्यटन गाइड नै आउने गरेका छन्् । सुचनाका उपकरणहरुले विदेशी पद यात्रीहरुलाई गाइडको जति नै सहयोग पुग्न सक्छ भन्ने छैन ।
यसरी गाइड विनाको भ्रमण लागी यस क्षेत्रमा आउने कतिपय पर्यटकहरु यहाँको भूगोलको पर्याप्त ज्ञान पाउन नसकेर वेपत्ता भएको खबरहरु आउने गरेका छन् । नेपालमा यतिबेला पर्यटन उद्योगमा मात्र होइन जुनसुकै उद्योगमा दक्ष जनशक्त्तिको अभाव बढ्दै गएको छ । यसको कारण वैदेशिक रोजगारका लागी विदेशमा नेपाली कामदारको माग बढ्नु नै हो । हाम्रा होटलमा अदक्ष भएर काम गरेका कामदारहरु यहाँको कामबाट दक्ष बन्देै जान्छन् र उनीहरुको सिप र अनुभवका आधारमा विदेश तिरको अवसर खोजी गर्दै विदेश पलायन हुन थालेका छन् । यसले नेपालमा दक्ष जनशक्तिको भयावह रुप लिन सक्ने देख्न थालेको छ । केही विकल्प खोज्नुमा हामीमा रहेको छ । यस क्षेत्रमा सुचनाका अत्याधुनिक सञ्चारमाध्यमहरु पुयाएको छ तर विजुलीको नियमित आपूर्ति हुन नसकेर त्यस्ता उपकरणहरु यहाँ आउने पर्यटकहरुले प्रयोग गर्न पाएका छैन । पर्यटकीय क्षेत्रमा उर्जाको भर पर्दा व्यवस्था गरिएको त्यस क्षेत्रमा पर्यटकहरुको बसाई लम्बाउने लगायतका पर्यटन विकासका काममा लागी पर्न सहज भएको महसुस गर्न थियौँ ।

0 comment