काठमाडौं - धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।

पहिरोसँगै आएको माइक्रो बसमाथि रुख खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । माइक्रो बसमाथि रुख खसेर अवरुद्ध भएको सडक खुलाउने र
घटनाको थप अनुसन्धन भैरहेको प्रहरीले बताएको छ ।