दिपा थपलिया,

धेरै भन्दा धेरै सेवाग्राहिले सेवा लिने सरकारी कार्यालय मध्य मालपोत कार्यालय पनि एक हो भन्दा फरक नपर्ला यस्तो कार्यालयको भवन सेवाग्राही मैत्री हुन जरुरी छ । तर सघिय राजधानी काठमाडैको चाबहिलमा बिगत ८ बर्ष देखि बस्दै आइरहेको मालपोत कार्यालयको भवनको अवस्था भने बिजोग अवस्थामा रहेको छ ।

बाध्यात्मक अवस्थामा बिगत ८ वर्ष देखि उक्त साघुरो कोठामा बसेर सेवाग्राहिलाई सेवा दिदै आइरहेको मालपोत कार्यालय चाबहिलका प्रमुख अधिकारी सन्दिप कुमार खत्री बताउनु हुन्छ। सोही कार्यालय भन्दा ५ सय मिटरको दुरिमा ४ तल्लाको सुबिधा सम्पन्न नवनिर्मित भवन रहेको छ। तर भुमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र भवन निर्माणको ठेक्का पाएका बिकोइ,स्काइ जे.भी बिचको बाकी पैसा मन्त्रालयले अनेक बहाना बनाइ भुक्तानी नदिएपछी चलेको जुहारीको कारण ठेकेदार कम्पनिले भवन हस्तान्तरण नगरेकोले मालपोत कार्यालय चाबहिलले उक्त नव निर्मित भवनमा सर्न नसकेको अधिकारीहरुको भनाइ छ ।

उक्त कार्यालयमा कामको लागि पुगेका सेवाग्राहीहरु समेत कार्यालय बसेको भवनबाट सनुष्ट छैनन । नयाँ भवनमा कार्यालय नसर्नुमा जुन कमिसनको कुरा आएको छ त्यसमा कुनै सत्यता नभएको र आफुहरुको कुनै स्वार्थ नरहेको सकेसम्म चाडैनै सरेर सुबिधा सम्पन्न भवनबाट सेवा दिन आतुर भएको प्रमुख खत्री बताउनु हुन्छ । उक्त नवनिर्मित भवन निर्माणको लागि बिकोइ स्काइ जेभी नयाबनेश्वर्ले १० करोड २३ लाख २८ हजारमा ठेक्का पाएका थिए।

२०६९ साल बैशाख ६ गते सम्झौता गरेको भवन २ बर्ष अर्थात २०७१ बैशाख ७ निर्माब सम्पन्न गर्ने शर्त भए पनि सातौ पटक को म्याद थपको लागि ठेकेदार कम्पनिले माग गरेको तर म्याद थपको लागि कि त कानुन नै संशोधन गर्न पर्ने होइन भने मन्त्रीपरिषदबाट निर्णय गर्नु बाहेक म्यादथपको बिकल्प नभएको मालपोत कार्यालय चाबहिलका प्रमुख खत्री बताउनु हुन्छ ।

भवन निर्माण सम्पन्न भैसके पछि बाकी रहेको झण्डै ६ करोड रकम भुक्तानी गर्न मन्त्रालयले पटक पटक मीटिङ्ग बस्ने र सानो तिनो खोट देखाएर भुक्तानी दिन पन्छिदै आएको कारण भवन हस्तान्तरण नगरेको निर्माण कम्पनी श्रोतले जनाएको छ ।