काठमाडौं - लीलादेवी गडतौला नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो।
गडतौला निमिक्त हुँदै कामु मुख्य सचिवको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन्।
विसं २०५२ सालमा न्याय सेवाबाट प्रवेश गरेकी उनले एक महिना मुख्य सचिवको जिम्मेवारी निभाउनेछिन्। गडतौला भदौ १५ गतेबाट सेवा निवृत्त हुँदैछिन्।


0 comment