काठमाडौं ः सौर्य जहाज दुर्घटनाबाट शवहरू क्षतविक्षत छन्, चिनिने अवस्थामा छैनन्।  केही शवहरू जलेको र चिन्न नसकिने अवस्थाका छन्। शवको दाँत तथा डिएनए परीक्षण गरेर आफन्तलाई शव बुझाइने अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले दिए।

दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम गर्न केही दिन समय लाग्ने जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार जहाज दुर्घटना लगत्तै शवहरू पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएका थिए।

शवहरू पोष्टमार्टम गर्न अस्पतालको जनशक्ति तयारी अवस्थामा छ। प्रहरीबाट मुचुल्का र मृतकका आफन्त आउनासाथ पोस्टमार्टम सुरु हुने अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले बताए। 

दुर्घटनामा परी मृत्यु हुनेहरूमा विमानका को–पाइलट सुशान्त कटुवाल, विमानमा सवार अमित मान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र यमनी नागरिक आरिफ रेडा छन्।