काठमाडौं – महिला हक हितका निम्ती आवाज उठाउदै आउने महिला अभियन्ता, नारी संसार पाक्षिक तथा बिशाल नेपाल डटकम अनलाइनकी सम्पादक ईशा अधिकारी क्षेत्री नेपाल प्रेस युनियनमा प्रवेश गरेकी छन्। सम्पादक अधिकारी लामो समयदेखि पत्रकारीता क्षेत्रमा सक्रिय रहँदै आएकी छिन् ।
मंगलबार नेपाल प्रेस युनियनद्वारा राजधानीमा आयोजित संविधान संशोधनः प्रेस स्वतन्त्रता’ विषयक विचार गोष्ठीका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अधिकारीलाई युनियनमा स्वागत गर्नुभएको हो।
नेपाल प्रेस युनियन केन्द्रीय समितिको नवौं अधिवेशनबाट नेतृत्व चयन भई दुई वर्ष पुरा भएको अवसरमा आयोजना गरिएको बिचार गोष्ठीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिबाकोटी, नेपाल पत्रकार महासंघका पूर्ब अध्यक्षहरु हरिहर विरही,तारानाथ दाहाल, डा। सुरेश आचार्य,धर्मेन्द्र झा लगायत आ–आफ्नो धारणा राखेका थिए। सो कार्यक्रम युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो ।


0 comment