काठमाडौं - जाजरकोटका भूकम्पपीडितहरूलाई सहयोगका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित संघीय मन्त्रीहरूले एक महिनाको तलब दिने भएका छन्। 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्रीदेखि मन्त्रीहरूले एक महिनाको तबल दिने निर्णय गरेको हो।

त्यस्तै, ज्योति विकास बैंकले जाजरकोट केन्द्रविन्दु भई गत शुक्रबार गएको भूकम्पबाट पीडितहरूको उद्धारका लागि जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

उक्त रकम ज्योति विकास बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्रबहादुर ऐडीले जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरे।