काठमाडौं – दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जना व्यक्तिको ज्यान गएको छ भने, उक्त दुर्घटनामा परी एक आर्का व्यक्ति घाईते भएका छन् । 

मंगलबार शान्तिनगर गाउँपालिका–५ रतभटुवामा रा ३ प ४३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा मोटर साईकल चालक स्थानीय १४ वर्षका सुनिल विकको ज्यान गएको हो ।

उक्त मोटरसाइकलमा दुर्घटनमा परी घाईते भएका शान्तिनगर–५ काशीपुरका अजय चौधरीको बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।