काठमाडौं – रूकुम पश्चिमको होटेलमा एक महिलाकोसब मृत अवस्थामा फेला परेको छ । 

मुसीकोट नगरपालिका १, खलंगास्थित सत्कार होटेलमा अन्दाजी ३० वर्षीया मुसीकोट ७ का भावना विकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । 
मृतक महिलाको सव होटेलको कोठामा सिरकले छोपेको अवस्थामा आज बिहान फेला परेको हो । । उक्त कोठा आइतबारदेखि त्रिवेणी गाउँपालिका ठेगाना भएको भनिएका विकास केसीको नाममा बुक गरिएको पनि बताइएको छ । 

प्रहरीले यस घटनाबारे घटनाबारे अनुसन्धान गरिरहेको छ । थप अनुशन्धानकालगि कुकुरसहितको टोली आउन लागेको प्रहरीले जानकारी दिएको छ ।