काठमाडौं – प्रतिबिन्धत आठ किलो गाँजासहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ नयाँ बस्ती बस्ने २८ बर्षिय अन्जली थिङ रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरी टोलीले नौबिछियाबाट अमलेखगंज तर्फ आउदै गरेको ना ३३ प ५७४८ नम्बरको स्कुटीमा चेकजाच गर्दा बोरामा छिपाई राखेको अवस्थामा ८ किलो ४६८ ग्राम गाँजा फेला बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

पक्राउ परेकी थिङलाई अदालतबाट तीन दिनको म्याद थप गरी यसबारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।