शमसेर क्षेत्री,

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बलेफी जलबिरे सडक खण्डको हरिबिजोक नै छ । धुलिखेलबाट सिन्धुपाल्चोक जलबिरेमा बिरामी पुर्‍यार फर्किएको एम्बुलेन्स जङगारेमा हिलोमा फसेर एम्बुलेन्स निकाल्नै हम्बे हम्बे भएको थियोे । बिकट गाउँ  गोल्चे गुम्वाका मानिसहरु  बिरामी भएको खण्डमा उपचार गर्नको लागि राम्रो  हस्पिटल छैन । उपचार गर्नको लागि  धुलिखेल वा काठमाडौ लग्नु पर्छ । तर मोटर बाटोको अवस्था घाम लागेमा धुलै धुलो हुन्छ भने पानी पर्यो भने हिलै हिलो ।

यो बाटो हुँदै ठूलो र सानो सयौ गाडीहरु दिन दिनै गुड्ने गर्दछ । बाटोको अवस्था हेर्दा बिरामीलाई टाढा नलगौ भने मान्छे मर्न लागि सक्यो, लगौ भने बाटोको अवस्था यस्तो छ । यस्तै कारणले गर्दा त्यहाँका जनताहरु कि त भगवानको नाम जप्नु पर्छ किन धामीझाँक्री लग्नु पर्ने बाध्यता छन् ।