काठमाडौं – लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित मोरङको उर्लाबारी–३ मंगलबारेबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा, सुनसरीको इटहरी उपमहानगरपालिका–१९ तरहरा घर भइ उर्लाबारी नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय जीवन विश्वकर्मा, मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ४० वर्षीय सञ्जय सहनी, १९ वर्षीय मिथुन मण्डल र २५ वर्षीय रामकुमार सहनी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहाले जानकारी दिएका छन् ।  

विश्वकर्माको कोठाबाट खैरो हेरोइन किनबेच भइरहेको गोप्य सुचनाको अधारमा, उनको कोठामा छापा मार्दा खाटको सिरानीमुनि कागजमा बेरेर राखेको अवस्थामा ३ सय ९० मिलिग्राम खैरो हेरोइन फेला परेको डीएसपी दाहालले दिएका छन् ।

प्रहरीले चारैजानालई पक्राउ गरी यसबारे थप अनुशन्धान गरी लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ ।