काठमाडौं – अविरल वर्षाका कारण भजनी नगरपालिकामा एक हजार भन्दा बढी घरधुरीहरु प्रभावित भएका छन् । सोमबारदेखिको अविरल वर्षाका कारण कैलालीको भजनी नगरपालिकामा रहेका वस्तीहरु जलमग्न भएको छ ।
भजनी नगरपालिका बाढीको उच्च जोखिममा रहँदै आएको सो नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले बताउछन् । हिजोसम्म केही वडा प्रभावित भए पनि आज बिहानसम्म पुरै नगरपालिकावासी नै प्रभावित भएको छ । हालसम्म एक हजार बढी घरधुरी प्रभावित भएको बताउँदै उनले उनीहरूको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम भइरहेको चौधरीले बताए ।
प्रवक्ता चौधरीले दिएको जानकारी अनुसार, बाढी प्रभावित क्षेत्रका केही मानिसहरु शुरक्षीत क्षेत्र तर्फ जानु भएको छ । कोही हुलाकी राजमार्गको सुरक्षित स्थानमा पाल टाँगेर आश्रय लिएका छन् । यो क्रम बढ्दो अवस्थामा रहेको छ साथै तथ्याङ्क लिने क्रम पनि जारी रहेको चौधरीले बताएका छन् ।
नगरपालिकाका कै सीमित श्रोत साधनबाट रातदिन नभनी उद्धारको काम जारी भई राखेको बताउँदै अन्य निकायबाट पनी सहयोगको अपिल चौधरीले गरेका छन् ।


0 comment