काठमाडौं - कञ्चनपुरमा आफैँलाई गोली हानेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको छ।उनको धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान विष्टले बुधबार साँझ डिउटीमै रहेका बेला आफूले बोकेको एसएलआर राइफलले आफैँलाई गोली हानेका थिए।

दाहिने कानभन्दा माथि गोली लागेका विष्ट गम्भीर घाइते भएका थिए । प्रहरी जवान विष्टले के कारण आफैँमाथि गोली चलाए भन्नेबारेमा खुल्न सकेको छैन।