काठमाडौं - सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबामा निर्माण भइरहेको सुरुङमार्ग आज ब्रेक थ्रु ( छिचोलिने) भएको छ ।
एक हजार एक सय २६ मिटर लामो सुरुङमार्गका लागि मुख्य टनेल खनेर अब साढे एक मिटर मात्रै बाँकी राखिएको छ ।
बाँकी भागको आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूजा गरेपछि छिचोलिने छ । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका मन्त्री र सांसदहरू पनि सहभागी हुने जनाइएको छ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो आयोजना अन्तर्गत दुई लेनको मुख्य सुरुङमार्गको लम्बाइ एक हजार एक सय २६ मिटर र चौडाइ साढे १० मिटर रहेको छ ।
मुख्य सुरुङ छिचोल्ने काम सकिए पनि अरू काम बाँकी रहेको छ । यो ठेक्काको म्याद २०८३ सालको चैत ८ गतेसम्म रहेको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।


0 comment