काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रूपन्देही जिल्ला अदालतमा हाजिर भएका छन् ।

उनी विरुद्धको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा परेको छ । रवि सहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो । 

मुद्दा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेको मुद्दामा आज थुनछेक बहस हुँदैछ । आइतबार रविसहित थप २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो । 

लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। लामिछाने बयानका लागि मंगलबार भैरहवा पुगेका थिए।सुप्रिम सहकारी प्रकरणामा अहिलेसम्म ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।