काठमाडौं — इनड्राइभ, पठाओ चालकहरुले निकै सर्तकता अपनाई सेवा दिनुपर्ने देखिन्छ ।
महिलालाई यौन उत्पीडन गरेको भनिएका एकजना चालक प्रहरीको नियन्त्रणामा पुगेका छन । प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालकलाई नियन्त्रणमा लिएको छ ।
चितवन नारायणी नगरपालिका–४ का २५ वर्षीय इनड्राइभर चालक प्रविन बराललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन । मंगलबार बराललाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार इनड्राइभ प्रयोग गरेकी महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । इनड्राइभ कम्पनीले भने चालकलाई इनड्राइभबाट हटाइसकिएको जनाएको छ । साथै चालकलाई कारवाहीका लागि सहयोग गर्ने पनि कम्पनीले जनाएको छ ।


0 comment