काठमाडौं - चितवनको भरतपुरमा रहेको साहारा सहकारी संस्थाको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको छ । चितवन प्रहरीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालय चितवनमा प्रतिवेदन बुझाएको हो ।
रास्वपाका सभापति रवि लामिछाने लगाएका व्यक्तिविरुद्ध गत मंसिर ७ मा चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले उनीहरुविरुद्ध मुलुलकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय दिएको छ ।
यसअघि पहिलो चरणमा ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो ।


0 comment