काठमाडौं - चितवनमा प्रहरीले एक युवकमाथि निर्घात कुटपिट गरेका छन् । चेकिङमा खटिएका प्रहरीले युवकलाई लडाएर लात्तैलात्ताले हानेका छन् ।
प्रहरीले कुटपिट गरेको सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
घटनाबारे अनुसन्धान गरेर गल्ती गर्नेहरूलाई नियम अनुसार कारबाही गर्ने चितवनका एसपी गौतम मिश्रले बताए । प्रहरीले भिडियो पुरानो भएको दाबी गरेको छ । यद्यपि घटनाको छानबिन हुने जनाइएको छ ।
हेर्नुहोस् भिडियो


0 comment