काठमाडौं - कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा भएको थुनछेक बहस नसकिएपछि नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी हिरासतमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको आज (आइतबार) इजलासमा थुनछेक बहस भएको थियो ।

काठमाडौं जिल्ला अदालतमा आइतबार उपस्थित भएका जोशीको थुनछेक बहस नसकिएकाले उनी हिरासतमै रहेन भएका हुन् । अदालतको आदेश अनुसार उनलाई आज परिसरकै हिरासतमा राखिएको छ । भोलि फेरि उनी अदालत उपस्थित हुनेछन् ।