काठमाडौं - निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाउने शर्तमा थप कडाइ गर्न प्रस्ताव गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दल सम्बन्धी ऐनको दफा ५२ मा भएको व्यवस्थामा थप कडाइ गर्ने प्रस्ताव गरेको जानकारी दिए।

हाल राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभाको चुनावमा समानुपातिक तर्फ कम्तीमा ३ प्रतिशत मत र प्रत्यक्षतर्फ एक सिट मात्रै जिते हुने  व्यवस्थालाई संशोधन गर्दै अब पाँचवटा शर्त पूरा गरेकाले मात्रै राष्ट्रिय दलको मान्यता पाउने गरी आयोगले कानुन संशोनको तयारी गरेको छ।

जस अनुसार समानुपातिक चुनावमा निश्चित मत प्राप्त गर्नै पर्ने,  राष्ट्रपति व्यापी संगठनात्मक संरचना वा उपस्थिति हुनुपर्ने, कम्तिमा तीनवटा प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व भएको हुनुपर्ने, कम्तिमा ८० प्रतिशत क्षेत्रमा चुनावमा भाग लिएको र  समावेशी चरित्रको  दललाई मात्रै राष्ट्रिय दलको मान्यता दिनुपर्ने गरी कानुन संशोधन अघि बढेको थपलियाले जानकारी दिए।