काठमाडौं - बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आज (आइतबार) मुद्दा दायर गरेको हो ।

लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको  जिल्ला न्यायाधीवक्ता कार्यालका प्रमुख प्रेमराज पौडेलले सक्रिय न्युजलाई जानकारी दिए ।

संगठित रुपमा ठगीको कसुरमा लामिछानेसहित ४२ जना प्रतिवादी भएका छन् ।