काठमाडौ — सुरेन्द्र ढकाल प्रतिष्ठानले ६ महिनामा सम्पन्न गरेका कार्यक्रम तथा कार्यक्रममा भएको खर्च विवरण सार्वजनिक गरेको छ । अर्धवार्षिक समिक्षा बैठक गर्दै प्रतिष्ठानले आफ्ना कार्यक्रमहरु काठमाडौंदेखि बारा रौतहटका मुसहर बस्तीसम्म पुग्न सकिएको जानकारी गरायो । प्रतिष्ठानले काठमाडौंका सामुदायिक विध्यालयमा अध्ययनरत बालबालिकालाई छात्रवृत्ति, मृगौला तथा क्यान्सर पीडितलाई आर्थिक सहायता देखि बाराका मुसहर बस्तीसम्म पुगेर मुसहर समुदायका घरपरिवारलाई न्यानो कम्मल वितरण गर्न सकिएको प्रतिष्ठानका अध्यक्षले बताउनु भयो ।


 संस्थाले प्रतिष्ठानले आर्थिक वर्ष २०८१।८२ को अर्धवार्षिक  समिक्षा बैठकमा प्रतिष्ठानका सचिव तेजेन्द्र कुमार प्रसाईबाट बैठकको एजेण्डा प्रस्तुत भई अनुमोदन भएपश्चात शुरु भएको बैठकमा प्रतिष्ठानले नव मनोनित मानार्थ सदस्य माधव प्रसाद उपाध्याय, शारदा श्रेष्ठ, डा. राजन थापा, खगेन्द्र ढकाल र भोजबहादुर शाहलाई सम्मानसहित मानार्थ सदस्यताको प्रमाण पत्र र हाम्रो बानेश्वर प्रगति यूवा क्लबलाई आवद्धताको प्रमाण पत्र प्रदान गरेको थियो ।  


प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गत ६ महिनाको अवधिमा विभिन्न ३६ संस्था तथा लक्षित वर्गका लागि रु २३,०६७२९÷– (तेइस लाख ६ हजार सातसय २९) सहयोग रकम विनियोजन भएको जानकारी दिनु भयो । विशेषगरी जोखिममा रहेका महिला, बालबालिका विभिन्न सिमान्तकृत समुदायका निम्ती प्रतिष्ठानले आवश्यक सहयोग गरिरहेको र आगामी दिनमा पनि गरिरहने कुरा बताउनु भयो । राज्यलाई सहयोग गर्ने मार्गबाट प्रतिष्ठानले काम गरिरहेको र उहाँको भनाई थियो । संस्थामा आर्थिक सहयोग गरि विभिन्न क्षेत्रमा ख्यातीप्राप्त व्यक्तिहरु जोडिनेक्रम तीब्र भएको हुनाले आर्थिक पारदर्शीतालाई अझै बलियो र सार्वजनिक गर्दै लगिने प्रतिवद्धतासमेत व्यक्त गर्नु भएको थियो । यसैगरी संस्थासँग जोडिएका व्यक्तिहरु भोज बहादुर शाह, संझना पोखरेल, खगेन्द्र ढकाल, डा. राजन थापा, श्रीमान श्रेष्ठ, सविता वस्नेत, आमन्त्रित सदस्य डा.हरिकृष्ण बास्कोटाले आ आफ्नो धारणा राखेका थिए । 


संस्थाले गरेको काम प्रभावकारी भएको लक्षित वर्ग लाभान्वित भइरहेको हुनाले यसलाई देशैभरी विस्तार गर्नका लागि सबैको हातेमालो जरुरी भएको बताएका थिए । प्रतिष्ठानका सहसचिव रामशरण रिमालले प्रतिष्ठानमा आवश्यक वजेट व्यवस्थापनका लागि सबै पदाधिकारीहरुले पहल गर्नुपर्ने बताएका थिए । कार्यक्रमको अन्त्यमा उपाध्यक्ष डा. रोशाना श्रेष्ठद्धारा उपस्थितिको लागि सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठक अन्त्य भएको थियो भने कार्यक्रमको ब्यवस्थापन गोविन्द विक, सुजित थापा र मदन वास्तोलाबाट भएको थियो ।