काठमाडौं - सहकारी ठगीका मुख्य आरोपित जीबी भन्ने (गितेन्द्रबाबु राई)को राहदानी रोक्का गर्न अदालतले आदेश दिएको छ। 

जिल्ला अदालत कास्कीमा  न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जीबीको राहदानी रोक्का गर्न राहदानी विभागलाई लेखि पठाउन आदेश दिएको हो। सहकारी प्रकरणको विषय उठ्ने वित्तिकै उनी विदेश फरार भएका थिए ।

सहकारी ठगीका मुख्य अभियुक्त राई विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सकिएको छैन । यद्यपि वर्तमान सरकारले पनि उनलाई पक्राउ गर्ने प्रयास भइरहेको जनाएको छ । लामो समयदेखि उनी सरकारलाई छल्दै लुकेर बसेका छन् ।