काठमाडौं - प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यलाई नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यलाई  शुक्रबार केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ । 

आवश्यक विषयमा जानकारी लिन प्रवक्ता आचार्यलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने प्रहरी प्रधानकार्यालयले जनाएको छ ।