काठमाडौं - गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीलाई नेपालमा आवतजावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउने प्रतिवद्धता जनाएका छन् ।
गैरआवासीय नेपालीको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
गृहमन्त्री लेखकले अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बनाउँदा गैरआवासीय नेपालीहरूलाई नेपालमा आवतजावत गर्दा तथा बसोबास गर्दा भिसा नचाहिने कानून बन्ने प्रतिबद्धता समेत जनाए ।
गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेगरी कानून बनाउने गृहमन्त्री लेखकको भनाई थियो ।


0 comment