काठमाडौं - बुटवलको सुप्रिम सहकारी ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका थप १४ जनाविरुद्ध इलाका प्रहरी कार्यायले बुटवलले आज ( बिहीबार) मुद्धा दर्ताको तयारी गरेको छ ।
१ अर्ब १२ करोड बिगो दाबीसहित सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा रूपन्देही जिल्ला अदालतमा मुद्धा दर्ता गर्न लागिएकै हो । रवि लामिछानेलाई ४ करोड १३ लाख र छविलाल जोशीलाई ४ करोड २८ लाख रुपैयाँसहित ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो माग गरिएको छ ।
सुप्रिम सहकारीकै रकम अपचलन गरेको अभियोगमा प्रहरीले यसअघि गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार मुद्दा दर्ताका लागि कागज रुजु गर्ने काम भइरहेको र केही बेरमा मुद्दा दर्ता हुने छ । असोज ५ गते रवि र छविविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले थप पूरक प्रतिवेदन तयार गरेको हो ।
सहकारीको रकम अपचन गरेको मुद्धामा कसुरदार ठहर्दै लामिछानेले पोखरा र काठमाडौं अदालतबाट मोटो रकम धरौटी राखेर हिरासत मुक्ता भएका छन् ।
लामिछानेविरुद्ध चितवनको साहारा र सानो पाइला सहकारीमा पनि ठगी गरेको अभियोग छ ।


0 comment