काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेका छन्।

जिल्ला अदालत बाहिर निस्केका त्रिपाठीलाई लामिछानेका समर्थकले हातपात गरेका हुन् ।  तत्कालै सुरक्षाकर्मी पुगेकाले उनलाई सामान्य चाेट लागेको छ ।  

 हातपातको घटनाले अदालत परिसरको अवस्था केही तनाबपूर्ण बनेको थियो। लामिछानेविरुद्धको मुद्धामा त्रिपाठीले वकालत गर्दै आएका छन्।