काठमाडौं - काठमाडौंको काँडाघारीबाट प्रहरीले ४ क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान बोरामा प्याक गरेर राखिएको अवस्थामा उक्त परिणामको रक्तचन्दन बरामद गरेको हो।
रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरिएको छ । त्यो उनीहरुकै थियो वा उनीहरु भरिया मात्रै थिए भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।नियन्त्रमा लिएका उनीहरुको नाम प्रहरीले खुलाएको छैन।


0 comment