काठमाडौं - चिनियाँ नागरिकको अपहरणको आरोपमा ४ भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौंबाट अपहरण गरेर मकवानपुरस्थित भिमफेदीको जंगलमा पुर्‍याएका चिनियाँ नागरिकको उद्धारको प्रयास भइरहेको  छ।

ती भारतीय नागरिकले ठमेलको नर्सिङचोकबाट चिनियाँ नागरिकलाई जबरजस्ती गाडीमा हालेर दक्षिणकालीबाट फर्पिङ हुँदै भिमफेदीको जंगलमा पुर्‍याएपछि चिनियाँ नागरिक भागेको बुझिएको छ।पक्राउ परेका भारतीय नागरिकले भने आफूहरुलाई चिनियाँ नागरिकले ठगेकाले उठाएर लगेको प्रहरी समक्ष बताएका छन्। 
मंगलबार साँझ अपहरण गरिएका उनीहरुलाई भारत लैजान लागेको आशंका गरिएको छ।अपहरणमा परेर भागेका भनिएका ती चिनियाँ नागरिकको अवस्था पत्ता लाग्न सकेको छैन । उनको खोजी कार्य भइरहेको छ । अपहरणमा संलग्न रहेको आरोपमा चारै जना भारतीयलाई भने पक्राउ गरेको अनुसन्धान गरिएको छ ।