काठमाडौं - उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी सवारी दुर्घटनामा घाइते भएका छन् ।

न्यायाधीश रेग्मी चढेको बिएबी ७१४६ नम्बरको कार आज (मंगलबार) साँझ सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जंगलमा  दुर्घटना हुँदा दुर्घटना हुँदा उनीसहित दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा ५४ वर्षीय न्यायाधीश रेग्मीसँगै कारमा सवार कृष्ण खनाल घाइते भएका हुन् । उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।रेग्मीको कान, हात र खुट्टामा चोट लागेको छ । 

कार चालक कृष्णमान खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।तीब्र गतिको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।