काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन विवरण नभरेकै आधारमा आफ्नो नियुक्तिपत्र रद्द नहुने दाबी गरेका छन् ।

मन्त्रिपरिषद्‌बाट नियुक्त ब्यक्तिलाई अन्य निकायले हटाउने अधिकार नहुने उनले बताए ।घिसिङले आफ्नो कार्यअवधि ४ वर्षको भएको समेत स्मरण गराएका छन् । 

मन्त्रालयले गत पुस २२ मा सोधेको स्पष्टीकरणको आज आइतबार जवाफ दिँदै घिसिङले आफ्नो नियुक्ति रद्द कानुनसम्मत नहुने स्पष्टीकरण मार्फत दिएका हुन् ।स्पष्टीकरणको सट्टा उनले लक्ष्यअनुरुप ९८.९९ प्रतिशत अंक प्राप्त हुने गरी नतिजा हासिल गरेको दाबी सहितको जवाफ पठाएका थिए ।

यस्तो प्रगति हासिल भएको अवस्थामा नियुक्तिपत्र रद्द गर्ने भन्ने विषय आफैंमा विधिसम्मत नहुने उनको भनाई छ ।'तपाईंको नियुक्तिपत्र रद्द किन नगर्ने ? भनी मन्त्रालयले सोधेको थियो ।