काठमाडौं - ऊर्जामन्त्री दीपक खड्काले सोधेकाे स्पष्टीकरणकाे बदला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यसम्पादन विवरण बु्झाएका छन् । ऊर्जामन्त्री  खड्काले गत आइतबार ९ बुँदे स्पष्टीकरण सोधेका थिए । घिसिङले बुझाएको आफ्नो कार्यसम्पादन विवरणमा ९८‍‍.९९ प्रतिशत अंक दाबी गरेका छन् ।

सरकारले सोधेका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र आफ्नो कार्यसम्पादन मूल्यांकनसमेत समयमा नबुझाएको आरोपसहित अब ‘तपाईंको नियुक्ति नै अन्त्य किन नगर्ने’ भन्दै एक साताको म्याद दिएर घिसिङलाई पत्र काटिएको थियो ।