काठमाडौं – तराईमा हुस्सुले केही मिटर मात्रै देखिने भएको हुँदा दुर्घटना झनै बढीरहेको पाइएको छ । गोरु गाडा (डल्लप) ट्याक्टर, जिप, अटोरिक्सा लगायत सवारी साधनमा ठोक्किएर सडक दुर्घटना बढेपछि कैलालीमा ट्राफिक प्रहरीले रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको छ।

हिउँदको समयमा लाग्ने कुहिरोले हुने कम भिजिबिलिटीमा टाइट स्पष्ट नदेखिने भएकाले सवारी साधनमा रिफ्लेक्ट स्टिकर टाँसिएको हो । कम भिजिबिलिटीबाट हुने दुर्घटना जोखिम न्यूनीकरण गर्न प्रहरीले सवारी साधनमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको हो। प्रहरीले सडक सुरक्षा कार्यक्रम अन्र्तगत अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलिया र सत्तीमार्फत ग्रामीण भेगमा स्टिकर टाँस्ने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलियाका प्रहरी सहायक हवल्दार जगदिश बोहराले भने, ‘ग्रामीण भेगमा ट्याक्टर, जिप, डल्लफ, अटोरिक्सा लगायत सवारी साधनहरूमा ठोक्किएर हुने दुर्घटना बढ्न थालेपछि हामिले यो अभियान शुरु गरेका हौ’ । अभियानलाई गाउँ गाउँमा पु¥याउने उनको भनाइ छ।

गाउँघरमा अधिकांश सडक दुर्घटना गोरु गाडामा अन्य सवारी साधन ठोक्किएर हुने बताउँदै उनले एक महिना अगाडि मात्रै रातिको समयमा मोटरसाइकलले गोरु गाडामा ठोक्किएर कैलारी गाउँपालिका–१ मनाउ आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख कमलेस चौधरीको ज्यान गएको सुनाए।