नेकपा माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको छैठौं बैठकको तेस्रो दिन आज पनि छलफल जारी छ ।
आजको बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा रहेको बताईएको छ । त्यसैले छलफलको प्रक्रिया छोट्उने भनेर उनले दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसक्ने र निर्णय प्रक्रियामा अघि बढ्ने बताएका थिए।
आज नै सो प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रिया अघि बढाइने सो पार्टीले जनाएको छ । बैठक आजै सकिनेछ।


0 comment