काठमाडौं – नेपालमा भ्रष्टाचार हुने कुरा त संसारलाई नै थाहा छ । ट्रान्सपरेन्सी इन्टरनेसनले हरेक बर्ष सार्वजानिक गर्ने प्रतिवेदनमा विश्वमा भ्रष्टाचारको मुलुकहरुको सूचीमा नेपाल टप टेनमा पर्दैआएको छ । विदेशी दातृनिकाय र संस्थाहरु समेत भ्रष्टाचारका डरले नेपाललाई आर्थिक अनुदान र सहयोग गर्न गम्भिर भएर सोच्न थालेको अवस्था छ । देशमा बढ्दो भ्रष्टाचार सँगसँगै माफिया गिरीको जगजगी व्यत्तिकै बढ्दो क्रममा छ । यसले सबैभन्दा नराम्ररी भूक्षेत्रलाई प्रभावित बनाएको छ । गिरीबन्धु टि स्टेट, कैलाली जग्गा प्रकरण, बालुवाटार जग्गा काण्डले भू माफियाहरुको शक्तिलाई सडकमा छताछुल्ल पारिसकेको छ ।
यसै सन्दर्भमा युवा मातृभूमि शक्तिको लामो खोज र अनुसन्धानपछि भूमाफियाले ललितपुर क्षेत्रमा भू–माफियाहरुले सार्वजानिक जमिनमाथि कसरी कब्जा जमाएका छन् भन्ने नयाँ तथ्य उजागर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आवश्यक कारबाहीका लागि माग गर्दै प्रमाण सहित निवेदन दर्ता गरेको छ । युवा मातृभूमि शक्तिका राष्ट्रिय अध्यक्ष निवेदन रहेको अख्तियार लगायत भूमि व्यवस्थापन तथा गरिबी निवारण मन्त्रालय, गृहमन्त्रालय, केन्द्रीय अनुसन्धान व्युरो (CIB) जिल्ला प्रशासन कार्यालय ललितपुर, भूमि तथा मालपोत कार्यालय ललितपुर, काठमाडौं उपत्यका नगर विकास प्राधिकरण, ललितपुर महानगरपालिका र राष्ट्रिय समाचार समितिलाई बोधार्थ र कार्याथ समेत दिइएको निवेदनमा भूमाफियाको करतुतलाई सविस्तार उल्लेख गरिएको छ ।
निवेदनमा जनाइए अनुसार ललितपुर जिल्ला साविक सैबु गा.वि.स वडा नं. ६ कित्ता नं. ६५ क्षेत्रफल ५–२–० साविक नापी हुँदा प्रति भनि जानिएको सार्वजानिक जग्गा कित्ताकाँट गरी व्यक्तिले विक्री गरेको र यसमा कर्मचारीहरु समेतको मिलिमगत रहेको देखिन्छ । जिल्ल प्रशासन कार्यालय ललितपुरमा सार्वजानिक बाटो खुलाई पाउँ भनि वास्तविक सूचना लुकाई निवेदन पेश गर्ने संगीता थापाले कित्ता नं. ६५ क्षेत्रफल ५२० को प्रति जग्गासँगै दक्षिणमा रहेको कित्ता नं. २१ क्षेत्रफल ३–२–१ जग्गा र र.नं. २१ क्षेत्रफल ३.२.१ रहेकोमा मिसिल नं. १३८ मिति २०७५/९/२४ को ट्रायल चेक निर्णयले क्षेत्रफल ०–९–१ बढाई कित्ता नं. २१ क्षेत्रफल ३–११–२ कायम गरी २०७५–९–२६ गते उक्त कित्ता नं. कित्ताकाँट गरी कित्ता नं. १६५ क्षेत्रफल ०–८–२–१ जग्गा जम्मा रु ४ करोड २५ लाखमा सि.जि. हिल्स प्रा.लि.लाई विक्री गरी बाँकी कित्ता नं. १६६ र १६७ आफ्नै नाममा कायम गरेको देखिन्छ ।
संगीता थापाले जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुटो विवरण पेस गरि जग्गा सिजी हिल्सलाई बेचेपछि सिजी हिल्सले कित्ता नं. १६५ मा बाटो कायम गरी पाउँ भनि निवेदन मालपोत कार्यालय ललितपुरमा गरेपछि हतार हतारमा कार्यालयले निर्णय ग¥यो जुन जग्गा प्रशासन निर्देशिका विपरीत छ । मालपोत ऐन २०३४ को दफा २४ मा ‘सरकारी वा सार्वजानिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता वा आवाद गर्न गराउन हुँदैन भन्ने उल्लेख छ । साथै ऐ.ऐनको दफा २५ मा दर्ता नभएको जग्गा कसैले आवाद गर्न गराउन हुँदैन’ भन्ने व्यवस्था छ ।
जग्गा प्रशासन निर्देशिका २०५८ को दफा ८१ को उपदफाको खण्ड (ग) मा ‘सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई समेत’ कानुनले प्रदान गरेको हुँदा सरकारी तथा सार्वजानिक जग्गासँग जोडिएका जग्गा दर्ता गर्दा समितिको वैठकमा अनिवार्य रुपमा जिप्रकाको प्रतिनिधिलाई पनि आमन्त्रित गर्ने भनी स्पष्ट किटानी व्यवस्था छ । तर त्यसमा सार्वजानिक जग्गा समेत घुसाई निज संगीता थापाको नाममा दर्ता गर्दा जिल्ला प्रशासन निर्देशिका, २०५८ को दफा ८१ बमोजिम सरकारी जग्गा समावेश गरी जग्गा दर्ता अन्तर्गत कारवाही नगर्ने गरिएकोमा उक्त थप सरकारी तथा सार्वजानिक जग्गा घुसाई संगिता थापाको नाममा दर्ता गरेको देखिन्छ ।
जग्गा प्रशासन निर्देशिकाको दफा ८१ बमोजिम सरकारी सार्वजानिक जग्गा समावेश गरी जग्गा दर्ता अन्तर्गत कारवाही नगर्ने प्रकृतिका भनी जग्गा दर्ताको लागि निवेदन नलिने र यस्ता जग्गाहरु कानुनत दर्ता गर्न नमिल्ने भएकाले कुनै पनि हालतमा दर्ता नगर्ने परेका निवेदनका सम्बन्धमा त्यस्तो निवेदन प्रचलित कानु बमोजिमको कारण वा पुष्ट्याई उल्लेख गरी सो निवेदन खारिज गर्ने भनी खण्ड १ मा उल्लेख छ । मालपोत ऐन २०३४ ले पनि सरकारी वा सार्वजानिक जग्गा व्यक्तिको नाममा दर्ता गर्न पावन्दी लगाएकाले आवश्यक कारवादी गरी व्यक्तिको नामको जो जग्गा फिर्ता ल्याउन युवा मातृभूमि शक्ति लागि परेको छ ।


0 comment