काठमाडौं - ललितपुरको सातदोबाटोमा रहेको एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गए राति छापा हानेर उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ गर्नेमध्ये दुई जना भारतीय र अन्य नेपाली नागरिक रहेको सीआईबीले जनाएको छ ।
उनीहरूले उक्त कल सेन्टरबाट अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरूको साथबाट ल्यापटप र मोबाइल समेत बरामद भएको र आज म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।


0 comment