काठमाडौं - काठमाडौंमा मङ्गलबार बिहानै भूकम्पको ठुलो धक्का महसुस गरिएको छ ।
बिहान ६ बनेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरू चिच्याउॅदै बाहिर निस्केका छन् ।
काठमाडौं उपत्यका लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, मकवानपुर लगायतका जिल्लासहित भूटान, भारत र बंगलादेशमा समेत धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ ।
चीनको स्वशासित प्रान्त तिब्बतको सिगात्सेमा गएको ७.१ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंमा महशुस गरिएकच हो ।


0 comment