काठमाडौं - सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायात (यात्रुवाहक) तथा मालवाहक सवारीसाधनको भाडादर ३ प्रतिशतसम्मले बढाएको जनाएको छ ।
यात्रुवाहक सवारीसाधनमा ३.३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ०.०५ प्रतिशतले भाडा बढाइएको हो ।


0 comment