काठमाडौं — बालश्रम अहिले पनि विभिन्न क्षेत्रमा प्रयोग भइरहेको छ । बालबालिकालाई शिक्षामा भन्दा पनि श्रममा लगाएर फायदा लिनेहरु अझै समाजमा विद्यामान छन । बालबालकाको शिक्षाको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी राज्यको हो तर पनि राज्यले सोही अनुसार कार्य गर्न सकिरहेको छैन । खासगरी उच्च तहका व्यक्तीहरुले नै पढाइदिने निउमा बालबालिकालाई घरमा राखेर श्रमशोषण गरिहेको अवस्थालाई नकार्न सकिन्न । यसै सन्दर्भलाई मध्यनजर गरी बालश्रमको अन्त्य गर्ने सवालमा नीजि क्षेत्रको भूमिका विषयमा राष्ट्रिय बाल संरक्षण सञ्जाल नेपालको सहकार्यमा बागमती प्रदेश श्रमरोजगार तथा यातायात मन्त्रालयले एक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा बालश्रम अन्त्य गर्ने सवालमा विभिन्न संघ संस्था तथा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने कुरा छलफल भएको छ । कार्यक्रमा बोल्दै श्रमरोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले भने बालबालिका श्रममा आउनुका धेरै कारणहरु हुन्छन यसलाई रोक्नका लागि अभिभावकलाई चेतना दिदै देशमा नै रोजगारको अवसर खोज्नु पर्दछ । बालश्रम सबैको सरोकारको विषय भएको हुनाले सबैले भुमिका खेल्नुपर्ने उनको जोड थियो ।
विद्यालय धेरै टाढा भएपछि बालबालिका विद्यालय छोडने क्रमम उच्च हुने उहाँले उल्लेख गर्नुभएको थियो । यसका साथै बालश्रम अन्त्यका लागि नीतिगत अवस्था के छ भन्ने कुराको बारेमा पनि छलफल भएको थियो । नीतिगत छलफलमा १० वटा पालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बालश्रम अन्त्य गर्नका लागि नीतिगत समस्या केलाउने काम भएको थियो । श्रम तथा रोजगार क्षेत्रमा प्रदेशको भूमिका कस्तो हुन्छ भन्ने सवालमा पनि छलफल भएको थियो ।
साथै बालश्रम अन्त्यको रणनीति कार्य नीत कस्तो हुने बारेमा पनि विज्ञहरुले धारणा राखेका थिए । बागमति प्रदेश सरकारको बालबालिका सम्बन्धी नीति पनि प्रस्तुत गरिएको यसका साथै नागरिक समाज मिडियाकर्मी सबैले चनाखो भएर बालबालिकालाई श्रममा होइन शिक्षामा लगाउन जोड गर्नु पर्ने कुृरा उठेको थियो । कार्यक्रममा मन्त्री प्रेम भक्त महर्जनले आफ्ना मातहतका कर्मचारीलाई बालश्रम अन्त्यका लागि डटेर लाग्नका लागि निर्देशन समेत दिनुभएको थियो ।
नागरिक मञ्च बागमति प्रदेशका अध्यक्ष प्रकास खतिवडाले बालश्रम अन्त्यका लागि सबै तहको सहयोग आवश्यक रहेको बताए । यस कार्यक्रमको लागि सहकार्य गर्ने संस्थामा राष्ट्रिय बाल संरक्षण सञ्जाल, दिगो विकास लक्ष्यका लागि नागरिक मञ्च र स्वतन्त्रता अभियान नेपाल रहेका थिए । बालबालिकासँग सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।


0 comment