काठमाडौं - शितलहरका कारण तराईमा चिसोले जनजीवन प्रभावित बनेको छ । चार दिन देखि राम्रोसँग घाम पनि लागेको छैन । चिसो हावा पनि चलिरहेको छ ।

जसका कारण  मध्य तराईका विभिन्न ठाउँमा अत्यधिक चिसो बढेको छ ।

चिसोका कारण मानिसहरु घर बाहिर निस्किरहेका छैनन् । विशेषगरी बालबालिका र वृद्धवृद्धाहरु चिसोबाट बढी प्रभावित छन् । बाहिर श्रम गर्ने श्रमिकहरुलाई पनि चिसोले बढी प्रभाव पारेको छ ।