काठमाडौँ — बालगायक सचिन परियारको बिहीबार बिहान निधन भएको हो । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाए अनुसार निमोनियाका कारणले उनको निधान भएको हो ।
अस्पताल स्रोतले बताए अनुसार उनी ४ देखि ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचार गराइरहेका थिए । ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।
भाइरल बाल गायकका रूपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।
हास्य शृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत गीत चर्चित रहेका छन । यस अघि पनि सचिनको स्वास्थ्यमा समस्या आई उपचार गराएर ठिक भएका थिए । यसपाली भने उपचार भएपनि उनी हामीमाझ रहन सकेनन ।


0 comment