राष्ट्रपति रामचन्द्र पौडेलबाट विभिन्न ५ मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य,डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराउनुभएको हो ।

गणतन्त्र पोर्चुगलका लागि राजदूत प्रकाशमणी पौडेल , मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिना, गणतन्त्र दक्षिण अफ्रिकाका लािग प्रा.डा.कपिलमान श्रेष्ठ , बेल्जियम अधिराज्यका लागी सेवा लम्साल  र डेनमार्कका लागी सुम्निमा तुलाधरले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।