काठमाडौं - तीव्र गतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका- ९, छतौना बोर्डर आउट पोष्ट (बिओपी) मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बजारिँदा मृत्यु भएको छ । 

गए राति बागमती प्रदेश ०१-००६ ख २००४ नम्बरको यात्री बसले तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका तुलाधरको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थलबाट बस चालक सहित तीन जनालाई पक्राउ गरेको छ ।