काठमाडौं — लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गरिएको छ ।
हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको कम्पनीका उच्च अधिकारीले विशाल नेपाल अनलाइनलाई बताएका छन । ‘एयरक्राफ्टमा कुनै ड्यामेज भएको देखिएन, हेलिकप्टर पुनः उड्ने तयारी गरिरहेको छ,’ उनले जानकारी दिएका छन ।
स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार रहेको बताइएको छ ।


0 comment