काठमाडौं - ललितपुर महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष सागर तुलाधरले बालश्रम अन्त्य गर्न नीति र ऐन बनाएर मात्रै नपुग्ने नियमित रुपमा नियमन गर्न आवश्यक भएको बताएका छन । बाल विकास समाज र वल्डभिजन इन्टरनेसनल नेपालको संयुक्त रुपमा आयोजित परियोजनाको जानकारी कार्यक्रममा बोल्दै वडा अध्यक्ष तुलाधरले सो कुरा बताएका हुन ।

ललितपुर महानगरपालिका वडा नं २२ मा सञ्चालित ईँट्टा उद्योगहरुमा बालबालिकाको अवस्था बुझ्नका लागि वडाले ध्यान दिइरहेको कुरा उल्लेख गर्दै स्थानीय सरकारले अन्य सरोकार राख्ने निकायसँग समन्वय गरेर काम गरेको अवस्थामा बालश्रमको अन्त्य गर्न बेर नलाग्ने बताएका हुन ।

अध्यक्ष तुलाधरले बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालले गरेको कामलाई नजिकबाट हेरेको र संस्थाको पारदर्शीताको अभ्यास अनुकरणीय रहेको समेत बताए । ललितपुर २२ मा रहेका र्इँट्टा उद्योगमा रहेका बालबालिकाहरुको समृद्धिका लागि बाल विकास समाज र वल्डभिजन इन्टरनेसनल नेपालले करिब ३० लाख बजेट बराबरको कार्यक्रम गर्ने जानकारी सस्थाले गराएको थियो भने कार्यक्रम गर्ने क्रममा आएका सुझावहरुले नै आगामी दिनमा गर्ने कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन सहज हुने कुरा बाल विकास समाजका प्रतिनिधिले बताएका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य स्वयमसेविका इँट्टा उद्योगका रोजगारदातहरु, शिक्षक, पत्रकार, बालक्लवका पदाधिकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।