काठमाडौँ — सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि नेपाली राजदूत नियुक्ति गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम डा शंकर प्रसाद शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेका हुन् । भारतले एग्रिमो पठाएसँगै राष्ट्रपतिले बुधबार शर्मालाई नियुक्त गरेका हुन् ।

यससँगै अब कार्यभार सम्हाल्नका लागि डा शर्मा भारत जानेछन् । यसअघि पनि शर्मा भारतकै राजदूत थिए । सरकारले अहिले धमाधम राजदुत खाली भएका देशमा राजदुत नियुक्ती गरिररहेको छ । देशको कुटनीतिक सम्बन्धमा राजदुतको महत्वपूर्ण भूमिका हुने गर्दछ ।